Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिद्वारा छानबिन

    हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिद्वारा छानबिन

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 528
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ ।

    त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो ।



    मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

    त्रिवि मानविकी सङ्कायका डीन प्रा.डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिसकेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार