Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानमा बस दुर्घटना हुँदा २२ यात्रुको मृत्यु

    पाकिस्तानमा बस दुर्घटना हुँदा २२ यात्रुको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।

    बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।



    तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।



    प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोँचमा खसेको थियो । दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार