Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

    पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    सांकेतिक तस्विर

    एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरूमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

    अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।



    सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ । सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ ।



    प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन । त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार