Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काँग्रेसको निष्कर्ष : स्थानीय निर्वाचनमा मत र पदमा पहिलो पार्टी

    काँग्रेसको निष्कर्ष : स्थानीय निर्वाचनमा मत र पदमा पहिलो पार्टी

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

    काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।



    उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् ।



    नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटेका छन् ।

    जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा काँग्रेस पहिलो भएको छ । काँग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ ।

    ३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

    विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने काँग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ ।  २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार