Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले लगायो सुदूरपश्चिम विश्वविद्यालयमा ताला

    राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले लगायो सुदूरपश्चिम विश्वविद्यालयमा ताला

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    कैलाली । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको छ ।

    संगठनले सुपवि कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो ।



    विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने नियम छ तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भइरहेका संगठनका इकाई कमिटि अध्यक्ष प्रेम रावलले बताए ।



    उनले भने,’नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन।क्यु। लगाई परिक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार