Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्व कप क्रिकेट लिग-२ : नेपाल ओमानसँग १३ रनले हार्‍यो

    विश्व कप क्रिकेट लिग-२ : नेपाल ओमानसँग १३ रनले हार्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा शुक्रबार विहान सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित गरेको हो ।

    ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।



    यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।



    ओमानका जिसन मक्सुद र खवर अलिले ३र३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १ सय ४ रनको शतकीय पारी खेले ।

    यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार