Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

संचारकर्मी  रवि लामिछानेका दाजुद्वारा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । आगामी संसदीय निर्वाचनमा हरिशरण लामिछानेले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समय रेडियो नेपाालमा समाचार वाचकको रुपमा रहेका लामिछानेले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संचारकर्मी  रवि लामिछाने स्वतन्त्र उम्मेदवारी दिने परामर्शमा रहेका बेला उनका दाई लामिछानेले भने उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् -“परिवर्तन सम्भव छ“ भन्ने मान्यता सहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु । सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।

बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने नै छ। तपाईहरुको सुझाब,सल्लाह र सहयोगको अपेक्षा गरेको छु। परामर्श जारी छ। हाललाइ फेसबुकबाटै सम्बाद गरौ । यो केवल मेरो रहर मात्र हैन, देशको सेवा गर्ने नयाँ अवसर, चुनौती र समयको आवश्यकता पनि हो ।’

तीन दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077