Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सलमान खानमाथि मुम्बईमा हत्याको प्रयास

    सलमान खानमाथि मुम्बईमा हत्याको प्रयास

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि हत्याको प्रयास भएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।



    पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको गोली प्रहारबाट हत्याको प्रयास गरेका हुन् ।



    सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ ।

    लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार