Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • झाँक्री र बालेन्द्रको प्रंशसा गर्दै गगनले भने – फोहोर संकटबाट मुक्त गर्न छ काम तत्काल गर्नुपर्छ

    झाँक्री र बालेन्द्रको प्रंशसा गर्दै गगनले भने – फोहोर संकटबाट मुक्त गर्न छ काम तत्काल गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहरी विकासमन्त्री रामकुमारी झाक्री र काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको प्रशंसा गरेका छन् ।

    काठमाडौं उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि थापाले मन्त्री झाक्री र मेयर शाहको प्रशंसा गर्दै फोहोरको दीर्घकालीन समाधान र संकट आउन नदिन तत्काल र तदारुकताका साथ काम गर्नुपर्ने बताएका हुन् ।



    उनले बन्चरेडाँडाका स्थानीय बासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ‘शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५ औं सम्झौता हो ।



    हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ। यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सीमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । सम्झौता गरिएअनुसार काम समयभित्रै गर्नुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार