Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पद थमौती गर्न प्रतिनिधिसभामा पेश गर्नुपर्ने विवरण रोक्दै मन्त्री झाँक्री

    पद थमौती गर्न प्रतिनिधिसभामा पेश गर्नुपर्ने विवरण रोक्दै मन्त्री झाँक्री

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने हल्ला मात्रै चलेन सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले त नयाँ मन्त्रीहरुको नाम समेत सार्वजनिक गर्यो । आफ्नो पार्टीबाट मन्त्री बनेका पाँच जनालाई नै फिर्ता बोलाउने निर्णय गर्दै नयाँ चार जनाको नाम समेत सिफारिस भएको थियो ।

    गत आईतबार नयाँ मन्त्रीहरुको नाम सिफारिस गरी सोमबार दिउसो सपथग्रहरण गर्ने भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार समेत आए । भोलीपल्टको सपथ कुरेर बसेका नयाँ मन्त्रीहरुको नाम एककाएक सोमबार विहानै फेरि फिर्ता भयो ।



    प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटका बारेमा मन्त्रालयगत छलफल गर्नुपर्ने भएकाले तत्कालै मन्त्रीमण्डल हेरफेर गर्न नमिल्ने बताएपछि पहिलेकै मन्त्रीहरुको पद थमौती भयो । तर, त्यसको भित्री चुरो कुरो भने अर्कै छ ।



    संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पार्टी नै परित्याग गर्नेसम्मको धम्की दिएपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि एकाएक ‘ब्याक’ भएका हुन् ।

    त्यसो त पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि शहरी विकास मन्त्री झाँक्रीले पार्टी निर्णयप्रति असन्तुष्टी व्यक्त गर्दै आएकी छन् ।

    केही दिनका लागि मन्त्री पद थमौती भएपनि मन्त्रालयगत छलफल सकेर चाँडै नै नयाँ मन्त्री पठाउने रणनीतमा नेकपा एस छ । त्यसैले अहिलेका मन्त्रीहरु जसरी पनि लामो समयसम्म आफ्नो पद जोगाउन चलखेलमा लागेका छन् ।

    आफ्नो पद जोगाउन लाग्नेमा सबैभन्दा अगाडि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको नाम आउँछ । बजेटका बारेमा मन्त्रालयगत छलफल सकिएपछि पद पनि ‘चैट’ हुने भएकाले मन्त्री झाँक्रीले आफ्नो मन्त्रालयको बजेट विनियोजनसम्बन्धी विवरण रोकेको मन्त्रालय स्रोत बताउँछ ।

    प्रतिनिधिसभामा पेश गर्नुपर्ने मन्त्रालयगत विनियोजनको विवरण तयारी अवस्थामा छ । तर, मन्त्री झाँक्रीले सचिवलाई अह्राएर उक्त विवरण अहिलेसम्म प्रतिनिधिसभामा पेश गर्न दिएकी छैनन् ।

    अरु सबै मन्त्रालयका विनियोजन विवरण संसदमा पुगिसकेको छ । अधिकांश मन्त्रालयबारे छलफल भइसकेको छ । तर, शहरीमा पटक पटक ताकेता गर्दा पनि विवरण पठाइएको छैन ।

    शहरी विकास मन्त्रालयकै कारण संसदीय छलफल प्रभावित भएको संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डे बताउँछन् । पाण्डेले भने–‘उहाँहरुले आफ्नो विवरण समयमै पठाइदिनुभएको भए सोमबारसम्म छलफल टुंगिने थियो, तर हामीले सोधखोज गर्दा पनि अहिलेसम्म विवरण आएको छैन ।’

    नेकपा एकीकृत समाजवादीले पूर्वसहमतिअनुसार ६ महिनाको कार्यकाल पूरा गरेका मन्त्रीहरुलाई फिर्ता गराएर नयाँ मन्त्रीको नाम पठाइसकेको छ । ६ महिनाको सहमतिमा मन्त्री भएका एकीकृत समाजवादीका मन्त्रीहरुले थप दुई महिना गरी आठ महिनाको कार्यकाल गुजारिसकेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार