Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कबड्डी-४ विरुद्ध मुद्दा दायर

    कबड्डी-४ विरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ माथि मुद्दा दायर भएको छ । फिल्ममा बौद्ध धर्म र भिक्षु ९लामा०को गलत व्याख्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर भएको हो ।

    सिन्धुपाल्चोक लिसंखुपाखर स्थाई घर भइ हाल काठमाडौंमै बस्दै आएका ३९ वर्षीय रोविनकुमार लामाले कबड्डी ४ माथि मुद्दा हालेका हुन् ।



    फिल्ममा बौद्ध धर्म, बौद्ध भिक्षु र सिद्धान्तमाथि नै आँच आउने किसिमले कथा प्रस्तुत गरिएको आरोप लामाले लगाएका छन् ।लामा उर्गेलिङ्ग गुम्बा सिन्धुपाल्चोकका अध्यक्ष हुन् ।



    लामो समयदेखि बौद्ध धर्म र धर्मावलम्बी तथा भिक्षुहरूको हकहितका लागि काम गर्दै आएको र धर्म संस्कृतिको संरक्षण तथा आगामी दिनमा यस्ता गल्ती नदोहोरिउन् भन्नका लागि मुद्दा हाल्नु परेको लामाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको निवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार