Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस नेता राहुल गान्धीसँग १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ

    कांग्रेस नेता राहुल गान्धीसँग १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ ।

    थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछको लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो ।



    योंग इन्डियन प्रालिविरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो ।राहुलको सोधपुछलाई लिएर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले विरोध जनाएको छ ।



    प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार