Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • युवाहरुलाई सैनिक तालिम दिनेबारे छलफल अघि बढाउँछौं : शिक्षामन्त्री पौडेल

    युवाहरुलाई सैनिक तालिम दिनेबारे छलफल अघि बढाउँछौं : शिक्षामन्त्री पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आवश्यकता अनुसार युवाहरुलाई सैनिक तालिम दिनेबारे सरकारले सल्लाह गर्ने बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रीको प्रतिनिधिको रुपमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।



    उनले भने–‘युवाहरुलाई देशको राष्ट्रिय भाव जगाउने कुरा, संस्कार, संस्कृतिले समुन्नति गर्ने कुरा देशभक्ति भावना जगाउने कुरा जुन यहाँहरूले उठाउनुभएको कुरा छ । सबैलाई सैनिक प्रकृतिको मिलिटेन्सी अनुभूति हुने प्रकारको प्रशिक्षण दिने नदिने भन्ने कुरा समग्र राज्यले निर्णय गर्ने कुरा हो । यो मन्त्रालयको मात्र कुरा हैन । यहाँहरूले उठाउनु भएको यो कुरालाई मन्त्रालयले छलफल गर्ने म विश्वास दिलाउन चाहन्छु ।’



    खेलकुद मन्त्री विदेश भ्रमणमा रहेका कारण उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार