Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आगामी बर्षदेखि मलखादको समस्या हुँदैन :कृषि मन्त्री यादव

    आगामी बर्षदेखि मलखादको समस्या हुँदैन :कृषि मन्त्री यादव

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 3.6K
    SHARES

    काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताए ।



    उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने बताए । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जानकारी गराए ।



    उनले हाल १४ हजार मेट्रिक टन मल रहेको बताए । युरिया मलको विकल्पको रुपमा झोल युरिया मल विराटनगरमा प्रदेश १ को कृषि मन्त्रीले उद्घाटन गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार