Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जनक शिक्षाको बचाउमा शिक्षामन्त्रीले भने -१५ दिन पाठ्यपुस्तक पुर्‍याउन ढिला भयो 

    जनक शिक्षाको बचाउमा शिक्षामन्त्रीले भने -१५ दिन पाठ्यपुस्तक पुर्‍याउन ढिला भयो 

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 708
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काम भइरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेका हुन् ।



    जनक शिक्षा सरकारको स्वायत्त निकाय भएको बताउँदै मन्त्री पौडेलले त्यसलाई सुदृढ बनाउन सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताए । ‘राज्यको तर्फबाट त्यसलाई सबल, बलियो, राम्रो बनाउनु, सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । त्यसकारण त्यसलाई खारेज गर्ने होइन असक्षमता कार्यसम्पादनमा त्रुटि छ भने सबल बनाउनका निम्ती आवश्यक सहयोग गर्ने, परिमार्जन गर्ने, प्रविधियुक्त गर्ने र व्यवस्थगित गर्ने कुरा हाम्रो दायित्वको कुरा हो,’ उनले भने ।



    पाठ्यपुस्तक छपाइमा ढिलाइ हुनुको कारण कोभिड १९ लगायतका कारण रहेको शिक्षामन्त्री पौडेलको भनाइ थियो । त्यस्तै, जनक शिक्षाका कर्मचारी निर्वाचनमा प्रयोग हुनुले पनि छपाइ ढिलो भएको बताए । ‘म आफैं जनक शिक्षामा पाँच पटक पुगेको छु । समयमा नै पाठ्यपुस्तक पुर्‍याउनुपर्छ भनेर हामीले अहोरात्र ध्यान दियौं तर दुर्भाग्य कागजको आपूर्ति समयमा हुन सकेन,’ उनले भने, ‘जनक शिक्षा समग्रीका कर्मचारी पनि चुनावमा जानुपर्ने बाध्यता भयो । १५ दिन पाठ्यपुस्तक पुर्‍याउन ढिला भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार