Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गायिका इन्दिरा जोशीले गरिन् विवाह

    गायिका इन्दिरा जोशीले गरिन् विवाह

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।

    विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ ।



    उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।



    इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए । केही समय अघि उनीहरुले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार