Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डा. आचार्यले प्रचण्डको चुनावी क्षेत्रमा उम्मेदवारी दिने

    डा. आचार्यले प्रचण्डको चुनावी क्षेत्रमा उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्य पनि आगामी मंसिरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

    चितवन ३ नम्बर निर्वाचन क्षेत्र घर भएका आचार्य पछिल्लो समय चितवनमा निकै सक्रिय समेत रहेका छन् ।



    चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।



    ‘चितवन मेरो गृह जिल्ला हो । त्यहाँ मेरो सक्रियता हुने नै भयो’, उनले भने, ‘आगामी निर्वाचनमा मैले स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएपनि काठमाडौं १ वा चितवनमध्ये कहाँबाट निर्वाचन लड्ने भन्ने टुंगो लागिसकेको छैन ।’ आचार्यले दुवै ठाउँको जनमतबारे अध्ययन गरिरहेको समेत बताए । आचार्य ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट चुनाव लडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार