Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गौचनका हत्यारा बस्नेतलाई जेलमै पुगेर भेट्ने डिएसपी केसीमाथि अनुसन्धान

    गौचनका हत्यारा बस्नेतलाई जेलमै पुगेर भेट्ने डिएसपी केसीमाथि अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई  जेलभित्रै पुगेर भेट्ने डीएसपी मिलन केसीमाथि छानबिन सुरु भएको छ ।

    गत आइतबार बिना जानकारी स्वयम्भूका डीएसपी मिलन केसीले गुण्डा नाइकेलाई भेटेको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया अघि बढाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले सो विषयमा छानबिन सुरु भएको जानकारी दिए ।



    छानबिनका लागि एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले बताए । समितिले छानबिन गरेर प्रतिवेदन पेस गरेपछि दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने एसएसपी गिरीको भनाई छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका बस्नेत भने अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।



    समीरमानलाई भेट्न डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेको खुलेको छ । केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाईसमेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो । डिल्लीबजार कारागारमा डेढ वर्षको सजाय काटेर नरेश थापाको रिहाइ भइसकेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार