Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकामा तीन दशकयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि

    अमेरिकामा तीन दशकयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।

    फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । गएको महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो ।



    यो सँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।



    गएको मार्च महिनामै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अर्थविद्ले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार