Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने अल अस्मास कम्पनीमा विभागको छापा

    मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने अल अस्मास कम्पनीमा विभागको छापा

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 927
    SHARES

    काठमाडौं । मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

    अल अस्मास कम्पनी प्रालिले माग पत्र प्रमाणीकरण विनै कुवेत पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको विभागले जनाएको छ ।



    कुवेतको केएफसी कम्पनीमा पठाउने भनी अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा बुधबार वैदेशिक रोजगार विभागले गरेको आकस्मिक अनुगमनमा कुवेतबाट केएफसी भन्ने कम्पनीबाट कुनै कामको माग नआए पनि झण्डै एक सय जनाको अन्तर्वार्ता भइरहेको पाइएको हो ।



    अनुगमनमा खटिएको विभागको टोलीले विभिन्न कागजातहरू बरामद गरेको छ । म्यानपावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार