Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय रेलले ठक्कर दिँदा नेपाली युवाको मृत्यु

    भारतीय रेलले ठक्कर दिँदा नेपाली युवाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ ।

    झापाको काकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा रेलले ठक्करबाट झापाको मेचीनगर नगरपालिका-६ काकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।



    उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। पानी ट्यांकी काकडभिट्टा नकिजै मेची नदी पारीको भारतीय बजार हो ।



    बिहीबार साँझ साढे ७ बजे भारतीय बजारबाट घर फर्किंदै गर्दा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको हो। नेपाली युवकको शव अहिले भारतमै छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार