Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानसेनापति शर्मा भन्छन् – एसपीपी सेनालाई मान्य छैन, १० बुँदे डकुमेन्ट गलत हो

    प्रधानसेनापति शर्मा भन्छन् – एसपीपी सेनालाई मान्य छैन, १० बुँदे डकुमेन्ट गलत हो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता सेनालाई मान्य नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।



    ‘एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,’ प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनु पर्ने बताए ।



    सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो । यस्तै ‘एसपीपीको डकुमेन्ट सही होइन। नेपाली जनतालाई भ्रम पार्न खोजियो। १० बुँदे डकुमेन्ट सही होइन,’ उनले भने ।

    उनले कुनै सैन्य गठबनधनमा जानका लागि एसपीपी प्रोगाममा भाग नदिएको दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार