Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानसेनापतिको जवाफ

    एसपीपी नेपाली सेनालाई मान्य छैन र मेरो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम पनि छैन

    एसपीपी नेपाली सेनालाई मान्य छैन र मेरो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम पनि छैन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 942
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) कार्यक्रम नेपाली सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा आज प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।

    सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताउँदै उनले एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको बताए ।



    उनले भने–‘एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्छ ।’



    उनले भने–‘एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नतामा छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन ।’

    सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको बताउँदै उनले भने–‘मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन ।’

    एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए ।

    सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र पनि साँचो भएको बताउँदै उनले भने–‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु ।’

    प्रधानसेनापति शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको पनि जानकारी गराए ।

    प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार