Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • खेलकुदको विकासका लागि चौरपाटी गाउँपालिकाले बिशेष जोड दिनेछ : अध्यक्ष साउँद

    खेलकुदको विकासका लागि चौरपाटी गाउँपालिकाले बिशेष जोड दिनेछ : अध्यक्ष साउँद

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.3K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा सुरु भएको माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

    जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ असार १ गतेबाट सुरु भएको प्रतियोगिता शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।





    २५ बिधामा भएको प्रतियोगितामा दशपल्लेपानि माध्यमिक बिद्यालय प्रथम , बैजनाथ नमुना माध्यमिक बिद्यालय पायल दास्रो र सिउडी माध्यमिक बिद्यालय तेस्रो भएका छन् । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिएको थियो । प्रतियोगितामा गाउँपालिका भरीका सात वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा गाउँपालिका भरीका सात वटा माध्यमिक विद्यालयको सहभागिता थियो । समापन कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदले खेलकुद एउटा गहना र अनुशासन भएको बताउँदै यसलाई निरन्तरता दिएर अगाडि बढ्न खेलाडीलाई आग्रह गरे ।  उनले खेलकुदको बिकासका लागि गाउपालिकाले बिशेष जोड दिने बताए ।

    युवाहरुलाई बेला बेलामा मौसमी आयोजना हुने गरी नभई नियमित रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले युवाहरु सँग पालिका अध्यक्ष बिषेश कार्यक्रम ल्याउने समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार