Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

    सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । सात सदस्यीय टोलीसहित प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् ।

    द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् ।



    प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् ।



    भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ ।

    भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

    भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । प्रधानसेनापति शर्माको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार