Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

    थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ११ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५३४ जनामा परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ जना र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन ।



    हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार