Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • खाना नदिएको झोंकमा श्रीमानले गरे श्रीमतीको हत्या

    खाना नदिएको झोंकमा श्रीमानले गरे श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 849
    SHARES

    एजेन्सी । भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ ।

    दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए । भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए ।



    यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ ।



    विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार