Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • टोखामा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा खगेन्द्र पक्राउ

    टोखामा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा खगेन्द्र पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । टोखा नगरपालिका–१ मालुङमा चिर्पट प्रहारबाट हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । हत्या आरोपमा पाँचथरको पाटिगाउँ गाउँपालिका–१ का ४० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको हो ।

    जेठ ४ गते मालुङस्थित निर्माणाधीन घरको कम्पाउण्डभित्र पाँचथरको याङ्वारख गाउँपालिका–२ का २२ वर्षीय दीपेन लिम्बुको हत्या भएको थियो । उनी सो घर निर्माणको काम गर्दै आएका थिए ।



    खगेन्द्र र दीपेनबीच विवाद हुँदा खगेन्द्रले काठको चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद अनुमति लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार