Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भोलिबाट सबै उडान रोक्ने घोषणा गरेका रामेश्वर थापालाई पक्राउ गर्ने तयारी

    भोलिबाट सबै उडान रोक्ने घोषणा गरेका रामेश्वर थापालाई पक्राउ गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । भोलिबाट सबै उडान रोक्ने घोषणा गरेका वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

    अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएकाले अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो । हवाई क्षेत्र अत्यावश्यक सेवा क्षेत्रमा पर्छ ।



    मंगलबार पत्रकार सम्मेलन गर्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।



    त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको थियो । वायुसेवा कम्पनीहरु र नागरिक उड्डयन प्राधिकरणको टसलले सर्वसाधारणले दुःख पाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार