Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारत-नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ सञ्चालनमा, ९ गते जनकपुरधाम आइपुग्ने

    भारत-नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ सञ्चालनमा, ९ गते जनकपुरधाम आइपुग्ने

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 957
    SHARES

    काठमाडौं । भारत र नेपाल जोड्ने पहिलो भारतीय रेल सञ्चालनमा आएको छ । भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई रेल सेवाको उद्घाटन गरेका हुन् ।

    ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको भारतीय दूतावासले जनाएको छ । सो रेल झण्डै पाँच सय पर्यटक बोकी असार ९ गते जनकपुरधाम पुग्ने छ ।



    यस पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुने दूतावासले जनाएको छ ।



    रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पनि पहिलो पटक जोड्न लागेको हो ।

    रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ । युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन् ।

    सो रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ । रेलमा १४ वटा डिब्बा हुनेछन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ । सो रेलको सञ्चालनले भारत र नेपालको पर्यटनमा टेवा पु¥याउने दूतावासले विश्वास गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार