Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, खानपानमा ध्यान दिन डाक्टरको सुझाव

    काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, खानपानमा ध्यान दिन डाक्टरको सुझाव

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

    अस्पतालका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।



    यसअघि काठमाडौं बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो ।



    टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौंमा हैजा फैलन सक्ने जोखिम बढेको बताए । बर्खाको समयमा हैजालगायतका सुरुवा रोगको जोखिम उच्च हुने भएकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार