Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जित्यो

    अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जित्यो

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 783
    SHARES

    एजेन्सी । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले हात पारेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो ।

    हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ ।



    कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो ।



    अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो ।अष्ट्रेलियाका डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार