Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कराँचीमा रहेको एउटा बाख्राको पाठाले बनायो विश्व कीर्तिमान

    कराँचीमा रहेको एउटा बाख्राको पाठाले बनायो विश्व कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । पाकिस्तानको कराँचीमा रहेको एउटा बाख्राको पाठोले विश्व कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा लामो कान भएको बाख्राको रुपमा उक्त पाठोले रेकर्ड कायम गरेको हो ।

    उक्त पाठोका कान अस्वभाविक रुपमा लामा छन् र कानका लोतीको लम्बाई कूल ४६ सेन्टिमिटर छ ।



    उक्त पाठोको नाम सिम्बा हो । सिम्बा हिँडिरहँदा उसका कान भुइँसम्मै लत्रिरहेका हुन्छन् । उक्त पाठो नुबियन नश्लको बाख्रा हो ।



    उक्त नश्लका बाख्राहरुमा लामो कान हुने गर्दछ । जीव वैज्ञानिकहरुका अनुसार बाख्रामा लामो कान हुनु जैविक रुपले निकै फाइदाजनक हुन्छ । यसले बाख्रालाई गर्मी याममा शरीरलाई शितल राख्न मद्दत गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार