Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी

    भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोलि बाट ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ ।

    पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।



    पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ ।



    बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइने छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने छ । बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार