Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्री हेरफेरका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

    मन्त्री हेरफेरका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । मन्त्री हेरफेरका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।



    बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो ।



    यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबिच आज छलफल हुन लागेको बुझिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार