Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

    एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।

    बुधबार बसेको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । राई अघिल्लो कार्यसमितिमा प्रवक्ता थिए ।



    तर, मुख्य प्रशिक्षक अल्मुताइरी र तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद भएपछि राईले राजीनामा दिएका थिए ।



    आजैको बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको हो । जोशी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार