Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कारबाहीमा परेका खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने एन्फाको निर्णय

    कारबाहीमा परेका खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने एन्फाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाहीमा परेका खेलाडीलाई ससम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । प्रशिक्षणकसँग विवाद हुँदा राष्ट्रिय टोलीका १० जना खेलाडी मैदान छाडेका थिए ।



    मैदान छाडेपछि अनुशासन उल्लंघन गरेको भन्दै अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईलगायत १० खेलाडीलाई कारबाही गर्ने निर्णय गरेका थिए ।



    खेलाडीसँग सम्बन्ध सुधारका लागि एन्फाका नवनिर्वाचित कार्यसमितिले बुधबार उनीहरुको कारबाही फुकुवा गरेको हो । त्यस विषयमा छलफल र समन्वय गर्न महासचिव किरण राईलाई एन्फाले जिम्मेवारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार