Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीमा चार महिला एकैपटक डीआईजीमा बढुवा सिफारिस

    प्रहरीमा चार महिला एकैपटक डीआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका चार महिला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

    गृह मन्त्रालयले बुधबार राति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको थियो । जसमा चारजना महिला पनि एकैपटक डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।



    बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।



    ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।

    उनीहरू चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार