Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकदिवसीय क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

    एकदिवसीय क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 849
    SHARES

    एजेन्सी । इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ ।

    तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै ‘क्लिन स्वीप’ गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।



    उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो ।



    इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार