Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो

    एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 912
    SHARES

    काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ । असार मसान्तसम्म नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।



    कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।



    यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार