Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मधेश प्रदेश प्रमुख डिआईजी ठाडामगरकै मिलेमतोमा छपकैया नाकाबाट यसरी हुन्छ तस्करी

    मधेश प्रदेश प्रमुख डिआईजी ठाडामगरकै मिलेमतोमा छपकैया नाकाबाट यसरी हुन्छ तस्करी

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 2.8K
    SHARES

    बिरगञ्ज । आर्थिक अवस्था कमजोर बन्दै जाँदा दिनदिनै मूल्यबृद्धि भइरहेका बेला छिमेकी मुलुक भारतबाट हुँदै आएको तस्करी झन मौलाएको छ । नेपालको मुख्य नाकामध्येको छपकैया नाकाबाट अबैध तस्करी बढ्दै गएको छ ।

    सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका बिओपीदेखि बाहिनी सम्मका उच्च अधिकारीहरुकै मिलोमतोमा छपकैया नाकाबाट करोडौंको तस्करी भइरहेको हो।



    बिगतमा बोडर आउट पोस्ट बिओपी, गण र बाहिनीबाट सूचना संकलनको नाममा खटाइएका सदा पोसाकका घुमुवाहरुले संगठनको नियम विपरित अबैध कारोबार संलग्न देखिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयले कुनै किसिमको सदा पोसाकका घुमुवा परिचालन नगर्न गराउन एक बिज्ञपती नै निकालेर हटाएको थियो।



    घुमुवा खारेज भएपछि अहिले हाकिमहरुले नयाँ तरिका अपनाई तस्करी खुला गरेर तस्करीबाट उठेको रकम बिओपी इन्चार्ज मार्फत मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरसम्म पुर्याउने गरेका छन् ।

    तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, किराना सामान, कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, टेम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाईरहेका छन् ।

    सिमानाकामा रहेको शिक्षा आफिस बिओपीका इन्चार्ज अगम राइले राजस्व छली गरार्इ बिओपी र मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरको नाममा समेत लाखौं लाख रकम अशुल्ने गरेको स्रोतको दावी छ ।

    छपकैया नाकाबाट कपडा तस्करी गर्न लाइन पाउनेहरुमा व्यापारीहरु हरेन्द्र पटेल र बबन छन्। त्यस्तै पशुपति यादवले काजु किसमिस जस्ता समानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टसको तस्करी गरिरहेका छन् ।

    छपकैया सिरिसिया छोटी भन्सार नाकामा भारतिय एसएसबीले छपकैया आउने मेन बाटोमा सीसीक्यामरा जडान गरे पनि तस्करहरुले पन्टोकाको पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै भरिया लगाएर कपडाको पोका नदी पार गराइ छपकैया नयाँ बस्ती किनारमै इ–रिक्सा, टेम्पु र मोटरसाइकलमा लोड गरि बिरगञ्जको पसलहरुमा र ट्रान्सपोरटमा पुर्याउँदै आएका छन् ।

    सिरिसिया शिक्षा अफिस बिओपीबाट छपकैया नाकामा रहेको पोस्टमा खटिने सशस्त्र प्रहरीको छेउबाट नै हरेन्द्र पटेल र बबन लगायतका समूहले भरिया लगाएर कपडा पार गराउछन् तर सशस्त्र प्रहरीले त्यहाँ सीमानाका निगरानी, चोरी तस्करी र सिमानाकामा हुने अपराध रोक्नुको साटो झन स्कटिङ गर्ने काम गर्दै आएको नाम नखुलाउने सर्तमा छपकैयाका एक जना स्थानियले बताए ।

    त्यस्तै तस्करीको लाइन पाउने अन्य व्यापारीहरुमा अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया, कुबेर जटाधारी, बवन ठाकुरलगायत रहेका छन् । सीमानाकाबाट सशस्त्र प्रहरीले सेटिङमा पास गराएको कपडा र हाडवेयर लगायतका सरसमानहरु बिरगञ्जको विभिन्न स्थानमा जम्मा गरि थोरै माल समानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसमान मिसावट गरि बिल बिजक भन्दा दोब्बर सरसमान हालेर नेपालको विभिन्न शहरमा पठाउने गर्छन् ।

    सशस्त्र प्रहरीले सेटिङमा पास गराउने, नेपाल प्रहरी बरामद गर्ने
    सशस्त्र प्रहरीले सेटिङमा भन्सार छली तस्करी गराएका मालसमानहरू नेपाल प्रहरीले बरामद गर्दै राजस्व अनुसन्धानमा बुझाएका घटनाले पनि सीमाबाट खुलेआम तस्करी हुने गरेको पुष्टि गर्दछ । जिप्रका पर्साबाट खटिएको प्रहरीले जेठ २५ गते देखी असार २ गते सम्म एक हप्तामा बिरगञ्जको विभिन्न स्थानबाट बा५ख ८६५८, लु२ख ५३४९, ना४ख ४३०१, ना६ख ७३६३ र ना५ख ९६७५ नम्बरको मालसमान बोकेका ट्रक रोकि जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सरसमान र शंकास्पद देखिएकोले पाँचवटा ट्रकहरु नियन्त्रणमा लिई तीन करोड २० लाख २६ हजार ३२० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको थियो ।

    पक्राउ परेको तस्करीका समान छाडेको आरोप
    बैशाख महिनामा शिक्षा अफिस बीओपीका जवानले समातेका कपडा इन्स्पेक्टर अगम राईले छोडेको बिरगञ्जमा चर्चाको बिषय बनेको थियो । उक्त विषयमा विभिन्न छापा माध्यमदेखि अनलाइनहरुमा समाचार प्रकाशित भएपनि मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरले कुनै छानबिन र कारबाही नै नगरी जोगाएका थिए ।

    सुदर्शन उर्फ गिरी नामबाट परिचित व्यक्तिले भन्सार छलीको सामान वारपार गराउने लाइन पाएका छन् । सशस्त्रका शिक्षा अफिस बिओपीका इन्स्पेक्टर अगम राईमाथि तिनै गिरीसँग घुस लिने गरेको आरोप छ । गिरी समूहका मजदुरले ल्याएको सामान सशस्त्रका जवानहरुले बरामद गरी बीओपीमा ल्याएका थिए । तर, उक्त सामान गिरीको हो भन्ने थाहा पाएपछि इन्स्पेक्टर राईले लुकाएर लैजान सल्लाह दिएको बिषय बाहिर आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार