Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगे , राष्ट्रपतिसँग भेटघाट

    रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगे , राष्ट्रपतिसँग भेटघाट

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 708
    SHARES

    काठमाडौं । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् ।

    इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए । उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ ।



    त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ ।



    साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार