Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको प्रधानमन्त्री विक्रमसिंघेको घोषणा

    श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको प्रधानमन्त्री विक्रमसिंघेको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 822
    SHARES

    एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थव्यवस्था टाट पल्टिएको बताएका छन् । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् ।

    पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।



    विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।



    श्रीलंकाली आयल निगम उधारोमा चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न नसक्ने अवस्थामा पुगेको पनि प्रधानमन्त्री विक्रमसिंघले बताएका छन् । सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको र त्यसैकारण कुनै पनि मुलुक तथा संस्था हामीलाई इन्धन आपूर्ति गर्न तयार नभएको उनले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार