Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्यांकरमा फल्सबटम बनाई नेपालबाट भारततर्फ लागूऔषध तस्करी, ५२६ किलो गाँजासहित दुई नेपाली भारतमा पक्राउ

    ट्यांकरमा फल्सबटम बनाई नेपालबाट भारततर्फ लागूऔषध तस्करी, ५२६ किलो गाँजासहित दुई नेपाली भारतमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.4K
    SHARES

    वीरगञ्ज । पेट्रोलियम पदार्थ लिनका लागि भारतको बैरेनी तर्फ जाँदा गरेको नेपाली ट्यांकरबाट भारतीय प्रहरीले ५ सय २६ किलोग्राम लागूऔषध गाँजासहित दुई नेपालीलाई पक्राउ गरेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) बाट पास भएर भारततर्फ गएको ना ७ ख ३७०५ नम्बरको ट्यांकरबाट गाँजा बरामद भएको हो ।



    भारतीय प्रहरीले ट्यांकरमा फल्स कम्पार्टमेन्ट बनाएर ३७ वटा बन्डलमा बेरिएको अवस्थामा ५ सय २६ किलोग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका दुई नेपालीको पहिचान अहिलेसम्म खुलाइएको छैन ।



    नेपालबाट ठूलो मात्रमा गाँजा एउटा ट्यांकरमा लुकाएर भारतको दक्षिण पूर्व क्षेत्रतर्फ लग्न लागिएको विशेष सूचनाको आधारमा भारतीय प्रहरी र कस्टमले संयूक्त अप्रेसन चलाएर ट्यांकरलाई पक्राउ गरेको हो ।

    मध्यराती रक्सौलको आइसिपी अन्तर्गत पर्ने बाइपास सडकखण्डमा रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । गाँजाको भारतीय मूल्य करिव १ करोड ३१ लाख पर्ने पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार