Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पुरानै शैलीमा लागूऔषध तस्करी

    अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका तान्जानियन नागरिक ४ किलो ९ सय ग्राम हेरोइनसहित बौद्धस्थित एक होटेलबाट पक्राउ

    अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका तान्जानियन नागरिक ४ किलो ९ सय ग्राम हेरोइनसहित बौद्धस्थित एक होटेलबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ४ किलो ९ सय ग्राम प्रतिबन्धित लागूऔषध हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले तीन जना विदेशी नागरिकसहित एक नेपालीलाई नियन्त्रणमा लिएको हो।

    असार २ गते साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिक ९पासपोर्ट नम्वर टीएइ ११५९४३० लाई लागूऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनी बौद्धस्थित एक होटेलबाट हेरोइनसहित पक्राउ परेका हुन्।



    ब्यूरोका अनुसार तान्जानियन नागरिक फ्लाई दुबईको उडानमार्फत दक्षिण अफ्रिकाको जोहान्सवर्गबाट दुबई हुँदै नेपाल आएका हुन् ।



    ब्यूरोको टोलीले सोही दिन बौद्धबाट नै विदेशबाट आएको सो हेरोइन लिन आएका दुई भारतीय नागरिक र एक नेपालीलाई पनि पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक मुनिम सिंह, ४३ वर्षीय विक्रम जित सिंह र वीरगंजका ३० वर्षीय विक्की रौनियार रहेका छन्।

    यसअघि ब्यूरोको टोलीले असार २ गते विदेशबाट हेरोइन बोकेर आएका ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो।

    उनीहरुपनि दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका थिए । यी महिलाहरू ६ वटा समूहबाट सञ्चालित भएको प्रहरी अनुसन्धानका खुलेको थियो।

    ती समूह सञ्चालन गर्ने पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथमा सेतो हिरोइन र खैरो हिरोइन भेटिएको थियो । बरामद लागूऔषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको थियो।

    अनुसन्धानका क्रममा उनीहरू अफ्रिकाबाट दुबई र दुबईबाट नेपाल हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ।

    अहिले पनि अघिल्लो पटक जस्तै उनीहरूले लगेजमा फल्स बटम बनाएर लागूऔषध ल्याएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै बाहिर निकालिएको उक्त सोतो हेरोइन राखिएको लगेज होटलमा पुर्‍याइए पनि प्रहरीले भने लगेज नै नखोलेको अवस्थामा बरामद गरेको हो ।

    ब्यूरोका अनुसार यसरी खोलखाल नगर्नुले काठमाडौंबाट कतै पठाउन खोजिएको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार