Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अभिनेता शाहरुखको ‘जवान’ मा दीपिका पनि देखिने

    अभिनेता शाहरुखको ‘जवान’ मा दीपिका पनि देखिने

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् ।

    दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच सहमति भएपनि कागजी सम्झौता भने हुन बाँकी छ ।



    रिपोर्टकाअनुसार हालै शाहरुख हैदरावाद गएका थिए । त्यहाँ उनको दीपिकासँग भेट भएको थियो । त्यही दीपिकासँग फिल्मको विषयमा उनले कुराकानी भएको बताइन्छ ।



    फिल्म ‘जवान’ मा शाहरुखको अलवा नयनतार, राणा दग्गुबाती, सान्या मल्होत्रा र सुनील ग्रोवरको मुख्य भूमिका रहनेछ । रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म एटलीले निर्देशन गर्दैछन् । फिल्म आगामी वर्ष २ जुनमा रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार