Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि

    उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 954
    SHARES

    काठमाडौं ।  उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

    बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाले जनाएको छ।



    शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। आईसीयूमा रहेका उनिहरुलाई अहिले जेनरल वार्डमा सारिएको छ।



    त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एकरएकजना बिरामी भेटिएको छ।

    भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

    फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा हैजा गराउने जीवाणु पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार