Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ५०० जना धार्मिक पर्यटक बोकेको ‘भारत गौरव’ पर्यटक ट्रेन नेपाल आइपुग्यो, जनकपुरमा भव्य स्वागत

    ५०० जना धार्मिक पर्यटक बोकेको ‘भारत गौरव’ पर्यटक ट्रेन नेपाल आइपुग्यो, जनकपुरमा भव्य स्वागत

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 990
    SHARES

    काठमाडौं । १४ जना कोचसहित ५०० जना धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा ‘भारत गौरव’ पर्यटक ट्रेन आज नेपाल आइपुगेको छ । जुन २१ अर्थात असार ७ गते भारतबाट हिडेको रेल आज नेपालको जनकपुर आइपुगेको हो ।

    उक्त रेल असार ७ गते भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीद्वारा संयुक्त रूपमा झण्डा देखाएर नयाँ दिल्लाबाट नेपालका लागि पठाइएको थियो । रेल भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक ट्रेन भएको नेपालस्थित भारतीय दूताबासले जनाएको छ ।



    भारत र नेपालका प्रधानमन्त्रीद्वारा ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरिएको थियो। जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरू भारतबाट भारत गौरव ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गर्न भेला भएका थिए ।



    मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारद्वारा रेललाई जनकपुरमा स्वागत गरिएको छ ।

    त्यसैगरी स्वागत कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, पदाधिकारी, व्यापारी, पत्रकार, नागरिक समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुको सम्मानमा आयोजना गरिएको भव्य स्वागत समारोहले पर्यटकहरु हर्षित भएका थिए ।

    पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्ने छन् भने जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने र गंगा आरतीमा सहभागी हुनेछन् ।

    पर्यटकहरु भोली जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जाने पनि दूताबासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार