Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल एयरलाइन्सको अस्थायी महाप्रवन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

    नेपाल एयरलाइन्सको अस्थायी महाप्रवन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 975
    SHARES

    ठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

    सरकारले युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष र डिमप्रकाश पौडेललाई महाप्रबन्धनबाट बर्खास्त गरेसँगै नेतृत्वविहीन बनेको निगममा ज्वारचन महाप्रबन्धक नियुक्त भएका हुन् ।



    भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषदले कार्यकारी प्रमुखबाट बर्खास्त गरेको थियो । त्यसैगरी निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।



    नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो ।नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् । सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार