Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बैंकिङ कसुरमा जेल परेकी महिलाले जन्माइन् बच्चा

    बैंकिङ कसुरमा जेल परेकी महिलाले जन्माइन् बच्चा

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 819
    SHARES

    दाङ । दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छिन् । बिहे नभएकी बाँकेनिवासी ३७ वर्षीया एक बन्दीले राप्ति प्रादेशिक अस्पतालमा बच्चा जन्माएकी हुन् ।

    जन्मिएको बच्चाको बाबु प्रधानमन्त्री शेरबहादुर देउवा निकट डडेलधुराका एक नेता भएको उनको दाबी छ । बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी उक्त बन्दीले गत असार ६ गते छोरा जन्माएकी हुन् ।



    उनले आफू अविवाहित भएको बताएकी छन् । जेलमै बेथा लागेपछि उनलाई सो अस्पताल पुर्‍याइएको थियो । डडेल्धुराका रघुवर भट्टसँग सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएको उनको भनाइ छ ।



    मोनिका ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लमहीकी फिल्ड सहायक हुन् । उनलाई सो संस्थाले रकम हिनामिना गरेको भन्दै पदबाट निलम्बन गर्नुका साथै बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार